aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सर्लाहीको नगरपालिका वडा नं. ६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । 

बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेका जनाएको छ । 

प्रतिक्रिया दिनुहोस