
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १० गतेको सञ्चालक समितिको बैठकले एशियन होटल, कालिकानगर, बुटवलमा विहान ९ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ ।
कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७३ करोड १९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले यी प्रस्ताव सहित अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस