aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मनकामना स्मार्ट लघुवित्तद्वारा १७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
मनकामना स्मार्ट लघुवित्तद्वारा १७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।

यस वर्ष कम्पनीको बोनस शेयरमा लाग्ने कर भने छुट हुनेछ । साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ साल साउन ११ गतेदेखि एकिकृत कारोबार गरेकाले यस वर्ष लाभांश करमा छुटको व्यवस्था हुनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस