काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक नियुक्त भएका व्यक्तिहरुको योग्यता नपुगेको देखिएको छ । गत असोज १८ गते २६ औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समितिमा ६ जना निर्वाचित सञ्चालकहरुमध्ये कर्णबहादुर राईको स्नातकमात्र रहेको देखिएको हो । भने अन्य दुई जना नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल एकै परिवारको सदस्य रहेको देखिएका छन ।
सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू चयन भएको थिए । सभाले संस्थापकतर्फबाट प्रेमबहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, सर्वसाधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध चयन भएका थिए ।
फाइनान्सका कम्पनी सचिव मुकुन्द श्रेष्ठका अनुसार निर्वाचन अधिकृतले फाइनान्सको सञ्चालकमा आवेदन दिएका सबैको योग्यताको कागजात हेरेको बताएका छन् । केहि कागजात अध्ययनका कै क्रममा रहेको उनले बताए । उनले भने, ‘निर्वाचनमा खटिएका निर्वाचन अधिकृतले सबै कागजात हेरेर नै उम्मेदवारी सदर गरिएको हो । साथै, नेपाल राष्ट्र बैंकको सञ्चालक नियुक्तका लागि आवश्यक पर्ने अनुसूची फर्म भर्न पठाएका छौं । उक्त फर्म आइसकेपछि मात्र कसको के योग्यता छ भन्ने भन्न सकिन्छ ।’
कर्णबहादुर राईले पेश गरेको योग्यताको कागजातमा स्नातक र तीन वर्ष करार शिक्षकका काम गरेको पेश गरेको फाइनान्स स्रोतले बताएको छ । कम्पनी सचिव श्रेष्ठका अनुसार राईले सरकारी मन्त्रीको सहायक पदमा रहदाको समेत कागजात पेश गरेको भन्ने सुनेको बताए । यता, नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवालको भने मानोमुठी (अंशवण्ड) भइसकेको उनले बताए । उनले भने, ‘उनीहरुको योग्यताका बारेमा अनुुसूची फार्म भरेर नआएसम्म कसैको योग्यताको बारेमा केहि पनि भन्न सकिदैन ।’ फाइनान्स कम्पनीको काक्तिक १४ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकले साधारणसभाबाट निर्वाचित गौरव बुढाथोकीलाई अध्यक्ष चयन भएका छन ।
प्रतिक्रिया दिनुहोस