aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चालू आवको पहिलो त्रैमासमा गुडवील फाइनान्सको नाफा २.४४ गुणा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
चालू आवको पहिलो त्रैमासमा गुडवील फाइनान्सको नाफा २.४४ गुणा बढ्यो

काठमाडौं । गुडवील फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चालू आवको त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ४४ गुणा वृद्धि भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा २ करोड १९ लाख ५९ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ७ करोड ११ लाख ८८ हजार रुपैयाँ पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३० प्रतिशत र सञ्चालन नाफा १३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको खुद नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ दशमलव ५८ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३२ दशमलव ८४ पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ  । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा १ अर्ब ५ करोड १५ लाख रुपैयाँ,रिटेण्ड अर्निङमा १२ करोड ९२ लाख रुपैयाँ र शेयर प्रिमियममा २४ लाख ७५ हजार रुपैयाँ सञ्चित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस