aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कर्णालीको सल्यानमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले कर्णाली प्रदेशको सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको हो । 

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस