aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको तयारी गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हालसम्म घोषणा गरेका वाणिज्य बैंकहरुको भन्दा नबिल बैंकको लाभांश सर्वाधिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस