aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एभरेष्ट बैंकको कार्डबाट सामान खरिद गर्नेलाई दराजमा १५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
एभरेष्ट बैंकको कार्डबाट सामान खरिद गर्नेलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दराजसँग सम्झौता भएको छ ।  दराजद्वारा आयोजित दराज ११–११ अभियानमा छुट साझेदारीको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका थिए । 

एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११÷११ अभियानमा  दराज  प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।

कार्यक्रम  ११  नोवेम्बेर, २०२१ मा  लाइभ   हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेब साइटहरुमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद  गर्नेहरुलाई १५ प्रतशितसम्म छुट प्रदान जनाइएको छ ।  ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम तीन हजार ५०० रुपैयाँ डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउन सक्नेछ । 

ई–कमर्समा ब्अतष्खबतभ भएको छ कि छैन भनेर कार्ड होल्डरहरुले सुनिश्चित गर्न आवश्यक छ, जुन एभरेष्ट बैंक लिमिटेडको नजिकको कुनै पनि शाखाहरूमा वा  बैंकको मोबाइल बैकिङ्ग मार्फत आवेदन गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस