काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई एक अर्कामा प्राप्तिपछि कात्तिक ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। दुवै संस्थालाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले कात्तिक १ गते अन्तिम स्वीकृत पाएपछि एकिकृत कारोबार गर्न लागको हुन ।
दुवै संस्थाले आपसमा गाभिन गत चैत ३१ गतेको विशेष साधारणसभाबाट स्वीकृति पाएका थिए। एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाटै हुने छ। एक अर्कामा दुई संस्था गाभिएर अब आरम्भ चौतारी लघुवित्तको नामबाट करोबार हुने छ । संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा रहनेछ।
प्रतिक्रिया दिनुहोस