aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मेगा बैंक नेपालको १७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
मेगा बैंक नेपालको १७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेगा बैंक नेपालको १७ हजार ९७१ कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । बैंकले तीन जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस