काठमाडौं । वाणिज्य बैंकहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी खराब कर्जा देखिएको छ । पहिलो त्रैमाससम्ममा बैंकको ४ दशमबल १० प्रतिशत खराब कर्जा देखिएको छ । त्यस्तै ८ वटा वाणिज्य बैंकको असोज मसान्तसम्ममा एक प्रतिशतभन्दा कम खराब कर्जा रहेको छ ।
सबैभन्दा कम शून्य दशमबल २२ प्रतिशत खराब कर्जा रहेका एभरेष्ट बैंकको रहेको छ भने शून्य दशमलब २५ प्रतिशत खराब कर्जा नेपाल एसबीआइ बैंकको रहेको छ । त्यस्तै, ८ वटा वाणिज्य बैंकको २ प्रतिशतभन्दा बढी खराब कर्जा रहेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस