aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा तुक प्रसाद पौडेल नियुक्त भएक छन् । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका हुन् । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसकेका छन् । 

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर छन् भने देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित छन् । विगत २४ वर्षको पेशागत अनुभव संगालेका  पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस