काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ मा “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।
आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।
एसएमईहरु अर्थतन्त्रको मेरुदण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्र्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको छ ।
यस उपलब्धिबाट बैंक सम्मानित भएसंगंै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पु¥याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस