aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक तर्फको १२ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको छ । बैंकले सरद कुमार नेपालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी लिलामीमा ल्याएको हो । 

तोकिएको अवधिभित्र उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालयको शेयर विभाग, पुतलीसडक, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा वा शेयर बाँकी रहन गएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस