aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबैको लघुवित्तको आइपीओ एकैदिनमा ३ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
सबैको लघुवित्तको आइपीओ एकैदिनमा ३ गुणा बढी आवेदन

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै ३ गुणा बढी आवेदन परेको छ । साउन १ गतेदेखि निष्कासन भएको उक्त कम्पनीको कुल ५ लाख ३० हजार कित्ता आईपीओमध्य सर्वसाधारणका लागि ४ लाख ९५ हजार २५० कित्ता शेयर निष्कासन गरेको छ । 

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनसार पहिलो दिन बुधबार ५ बजेसम्म ८० हजार आवेदकले १४ लाख ८७ हजार १०० कित्तामा आवेदन परेको  जनाएको छ । 

कुल कित्तामध्ये ८ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । 

यो आईपीओ छिटोमा साउन ५ र ढिलोमा साउन ३० गतेसम्म विक्रीमा रहने सुचना जारी भएको थियो । पहिलो दिनमै तोकेभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुने निश्चित रहेको विक्री प्रबन्धकको भनाई छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस