aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कुन बैंकको कति बेस रेट हुँदा कति कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
कुन बैंकको कति बेस रेट हुँदा कति कमायो

काठमाडौं । गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकले ६३ अर्ब ३७ करोड रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशते नाफा बढाएका हुन । आर्थिक वर्ष २०७६र७७ मा यी बैंकको वार्षिक नाफा ५२ अर्ब ८ करोड रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा त्यति बेला बैंकको नाफा करिब १२ प्रतिशत घटेको थियो । 

गत वर्ष अधिकांश बैंकहरुको बेसरेट ८ प्रतिशतभन्दा माथि रहेको थियो । सानिमा बैंकको बेस रेट ७ दशमबल ७३ प्रतिशत हुँदा गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकले आफ्ना शेयर होल्डरलाई गत वर्षको नाफाबाट १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गरेको छ । 

स्ट्यान्डर्ड चार्डड बैंकको बेस रेट ६ दशमबल ६१ प्रतिशत रहेको छ ।  यो बेस रेटमा १ अर्ब ४० करोड १२ लाख ४४ हजार नाफा कमाएको छ ।  बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.०३ प्रतिशत गरी कुल १३.०३ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । 

त्यस्तै, कुमारी बैंकको ८ दशमबल ४० प्रतिश बेस रेट भएको बेलामा २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आफ्ना शेयरधनीलाई  ८.६७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २।६७ प्रतिशत नगद लाभांश गरी जम्मा ८.६७ प्रतिशत मात्र लाभांश दिने भएको हो । 

नेपाल बैंक  सरकारी स्वामित्वको बैंकको बेस रेट ६ दशमलब ८१ प्रतिशत रहेको छ । नाफा ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरूमा अधिकतम १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरको छ । बैंकले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको हो । 

एनआईसी एशिया बैंकको बेस रेट ६ दशमलब ५० प्रतिशत रहँदा ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

सिटिजन्स बैंक सिटिजन्स बैंकको बेस रेट ८ दशमबल ८१ प्रतिशत हुँदा बैंकले एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो कमाइबाट बैंकले शेयर धनीहरूलाई १६ प्रतिशत लाभांशमा ३.०८७ प्रतिशत नगद लाभांश दिने भएको हो । 

नेपाल बंगलादेश बैंकको बेस रेट ९ दशमबल ८७ प्रतिशत रहेको छ ।  गत आर्थिक वर्ष २०७७र७८मा  को नाफाबाट शेयर धनीहरूलाई अधिकतम १५.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले नगद लाभांशमा  ३ दशमलव ५० प्रतिशत  र बोनस शेयर १२ प्रतिशत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

 माछापुच्छ्रे बैंकको बेस रेट ८ दशमबल ३१ प्रतिशतबाट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ । बैंकले कुल १४ प्रतिशत मध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण छ । 

सिद्धार्थ बैंकको बेस रेट ८ दशमलब १० प्रतिशतमा  २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कमाइबाट बैंकले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

 एभरेष्ट बैंकको बेस रेट ७ दशमलब ०७ प्रतिशत राख्दा  गत वर्ष बैंकले १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको यो कमाइबाट १०.३२ प्रतिशत लाभांश बाँड्ने भएको छ । जसमा ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

ग्लोबल आईएमई बैंकको बेस रेट ७ दशमलब २५ प्रतिशतबाट ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ कमाएको छ । बैंकले १३.५ लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र ३।५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

बैंक अफ काठमाडौंको बेस रेट ७ दशमलब ७० प्रतिशत रहेको छ । यो बेस रेटमा बैंकले गत वर्ष १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ यो कमाइबाट १४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तो लाभांश चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

एनएमबी बैंकको असोज मसान्तमा आउँदा बेसरेट ७ दशमलब ८५ प्रतिशत रहेको छ । गत वर्ष यहि बेसरेटमा बैंकले २ अर्ब ७३ करोड ५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्षको मुनाफाबाट १५।८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको १२.५ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै,  इन्टेष्टमेन्ट बैंकको बेस रेट ७ दशमलब ३४ प्रतिशत रहेको छ । यो बेस रेटमा बैंकले गत वर्ष नाफा नाफा ३ अर्ब ६५ करोड रुपैयाँ भएको जनाएको छ। बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सिमित रहेको  छ।   इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र ३ दशमलव ३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस