
काठमाडौं । देवः विकास बैंक लि.आज १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढीले रक्तदान गरेका छन् । बैंकको केन्द्रिय कार्यालय, लालदरबारमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल,काठमाडौं जिल्लाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।
यसैगरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरुका सथासाथै विद्यार्थीहरु, भक्तजनहरु एवं स्थानीय गन्यमान्य व्यक्तिहरुको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस