aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अधिकांश वाणिज्य बैंकको रिटर्न अन इक्विटी १० प्रतिशतभन्दा कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
अधिकांश वाणिज्य बैंकको रिटर्न अन इक्विटी १० प्रतिशतभन्दा कम

काठमाडौं । अधिकांश बैंकहरूको कमाइ (रिटर्न अन इक्विटी) १० प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७८/७९ पहिलो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार अधिकांश बैंकहरू आरओई १० प्रतिशतभन्दा कम भएको हो ।     

यसको अर्थ शेयर लगानीकर्ताले एक सय रुपैयाँ बैंकमा लगानी गर्दा १० रुपैयाँ भन्दा कम कमाइ पाउने भएका हुन् । यस्तो कमाइलाई शेयरधनीको आम्दानी अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ वटा  वाणिज्य बैंकमध्ये सबैभन्दा बढी आरओई एनआइसी एसिया बैंकको रहेको छ ।  

यस बैंक चालू आवको पहिलो त्रैमाससम्ममा २२ दशमलब ७३ प्रतिशत आरओई रहेर पहिलो स्थानमा रहेको हो । अर्थात एनआइसी एसिया बैंकका शेयरधनीले प्रतिशेयर आम्दानी २२.७३ रुपैयाँ रहेको छ भन्ने हो । बैंकको गत आर्थिक वर्ष २०७७/७८ को असारसम्ममा १८ दशमलब ६४ प्रतिशत आरओई रहेको थियो ।  

गत आवमा सबैभन्दा कम कमाई सिभिल बैंकको रहेको छ । सिभिल बैंकको प्रतिशेयर आम्दानी ५.५२ प्रतिशतमात्र रहेको छ । शेयर धनीलाई बढी कमाइ दिने बैंकको दोस्रो स्थानमा सिद्धार्थ बैंक रहेको छ । बैंकले एक सय रुपैयाँ लगानी गर्ने शेयरधनीलाई १९ रुपैयाँ २९ पैसा कमाइ दिन सक्ने भएको हो । गत आवमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकहरूको नाफा बढेको  छ ।  

बैंकहरूको नाफा बढेकाले शेयरधनीले राम्रो प्रतिफल पाउन सक्ने अवस्था आएको हो । शेयरधनीलाई बढी प्रतिफल दिने बैंकहरुमा मेगा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंक देखिएका छन् । यी बैंकको क्रमशः १७ दशमलब ९९ प्रतिशत, १७ दशमलब ४६ प्रतिशत र १७ दशमलब ४५ प्रतिशत रहेको छ ।  नबिल बैंकले आफ्ना शेयरधनीलाई प्रतिशेयर आम्दानी १५ दशमलब ६३ प्रतिशत गत आर्थिक वर्षमा दिएको थियो भने यो चालू आवको पहिलो त्रैमाससम्ममा १३ दशमलब ४३ प्रतिशत मात्रै रहेको छ । 

एभरेष्ट, प्रभु बैंक, स्ट्याण्र्डड चार्टर्ड, सिटिजन, नेपाल क्रेडिट एण्ड कमर्श, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, कुमारी बैंक, सिभिल बैंक, नेपाल बंगलादेश बैंकको १५ प्रतिशतभन्दा तल आरओई छ । 

साथै, अन्य बैंकको रिटर्न अन इक्यिुटी १० प्रतिशतभन्दा कम रहेको छ । एभरेष्ट बैंकको आरओई ११ दशमलब ३९, सानिमा बैंकको १५ दशमलब २८, स्ट्याण्र्डड चार्टर्डको ११ दशमलब ८५ प्रतिशत रहेको छ । प्राइम बैंकको आरओई १६ दशमलब ३२ प्रतिशत रहेको छ भने एनसीसी बैंकको आरओई १४ दशमलब २७ प्रतिशत रहेको छ । 

ग्लोबल आईएमई बैंकको सबैभन्दा कम ३ दशमलब ४९ प्रतिशत, बैंक अफ काठमाण्डूको ६ दशमलब १४ प्रतिशत, कृषि विकास बैंक ६ दशमलब १८ प्रतिशत, नेपाल एसबीआइ बैंकको ९ दशमलब ६६ प्रतिशत, हिमालयन बैंकको ९ दशमलब ०१ प्रतिशत आरओइ रहेको छ । त्यस्तै, नेपाल बैंकको ९ दशमलब ०३ प्रतिशत र सेञ्चुरी बैंकको आरओइ ९ दशमलब ८९ प्रतिशत आरओइ रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस