aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र बैंककी सहायक निर्देशक कृतिको ३० वर्षको उमेरमा कोरोनाका कारण मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
राष्ट्र बैंककी सहायक निर्देशक कृतिको ३० वर्षको उमेरमा कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत कृति थापाको ३० वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्। नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

 उनी ८ महिनाको गर्भवती समेत रहेकाले कोरोनासँगै मुटुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा निकालिएको थियो। अप्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटर राखेर उपचार गरिरहेकी कृतिलाई चिकित्सकले १५ गते मृत घोषणा गरेको थियो। उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ।

कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो। पहिले नै मुटुका भल्ब फेरिएको र गर्भवती अवस्थामा कोरोना संक्रमणसँगै भल्बमा समस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृत्यु भएको हो।

तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृत्यु भएको राष्ट्र बैंक स्रोतले बतायो।  ११ महिानअघिमात्रै काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी डेढ महिना पछि ब्राजिल जाने तयारीमा थिए। 

प्रतिक्रिया दिनुहोस