aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सनराइज बैंकले गर्यो लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
सनराइज बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो  । बैंकको कात्तिक २२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजारको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस