
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र रू. १ करोड ९० लाख ८२ हजार २९ नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर १९ गते चौधौ वार्षिक साधारण सभा बोलाएको जानकारी गराएको छ । कम्पनीको कात्तिक २३ गते बिहान १० बजे बसेको सञ्चालक समितीको बैठकले माथिका निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस