aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेगा बैंकले घोषणा गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
मेगा बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले शेयरधनिहरुलाई १२.७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । 

बैंकको कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू.१४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । सोही पूँजीको आधारमा प्रस्तावित यो लाभांश नेपाल राष्ट्रबैंकको स्वीकृतीपश्चात बैंकको आगामी साधारण सभाबाट पारीत गरेपछि वितरण हुनेछ । 
 


 

प्रतिक्रिया दिनुहोस