aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

२० अर्ब तरलता वित्तीय प्रणालीमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ कार्तिक २०७८
२० अर्ब तरलता वित्तीय प्रणालीमा आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बीस अर्ब रूपैयाँ बराबरको तरलता वित्तीय प्रणालीमा पठाँउदै छ ।  रिपो मार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तरलता वित्तीय विहीबार प्रणालीमा पठाउने भएको हो । उक्त तरलता चौध दिन अवधिको लागि हुने राष्ट्र बैंकले  सूचना मंगलबार जारी गरेको सूचनामा उल्लेख गरेको  छ ।   

योसँगै राष्ट्र बैंकले कात्तिक महिनामा तेस्रोपटक रिपो जारी गर्नेछ। यसअघि कात्तिक ४ गते दस अर्ब र ११ गते बीस अर्ब बराबरको रिपो जारी भइसकेको छ। अब बिहीबार जारी हुनेसँगै यो महिना राष्ट्र बैंकले ५० अर्ब बराबरको रिपो उपलब्ध गराउनेछ।

केही समयदेखि बैंकहरूमा पैसा अभाव हुँदै आएको छ। पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। तर केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्। 

प्रतिक्रिया दिनुहोस