काठमाडौं । विहीबार र शुक्रबार विदा परेका प्रदेशमा पनि बैंक खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले जारी गरेको सूचनामा विहीबार र शुक्रबार विदा परेका प्रदेशहरुमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी खुल्ने निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रदेश अन्तरगत रहेका राजस्व कार्यालयहरुको काउण्टर सञ्चाल गर्ने सम्पूर्ण बैंकका शाखा खोल्न सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस