aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

स्वावलम्बन लघुवित्तको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
स्वावलम्बन लघुवित्तको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ हजार ७५३ कित्ता संस्थापक शेयर कात्तिक २५ गते बिहीवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. ६७५ मूल्य तोकेर मंसिर १ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखी विक्रीको आव्हान गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सकिने गरी दोस्रो चरणमा उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मंसिर २ गते विहान १० बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस