aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

लुम्बिनी विकास बैंकको ४६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
लुम्बिनी विकास बैंकको ४६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको छ । कम्पनीले यस अघि असोज १८ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न पाउने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस