aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य चयन

काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य सर्वसम्मत चयन भएका छन् । कम्पनीको कात्तिक २३ गतेको १५औं वार्षिक साधारण सभाबाट पुरानै सञ्चालकहरु निर्विरोध निर्वाचित भएका थिए । साधारण सभा सम्पन्न पश्चात सोही दिन बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सर्बसम्मत चयन गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ । 

उनीसँगै कम्पनीको संचालकमा संस्थापकतर्फबाट भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस