aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सपोर्ट लघुवित्तको खुद नाफा करिब ७० प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
सपोर्ट लघुवित्तको खुद नाफा करिब ७० प्रतिशत घट्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ  । उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ६९ दशमलव ९५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ लाख ७७ हजार मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ६९ दशमलव ९६ प्रतिशत कम रू. बशबश२ करोड १० लाखभन्दा बढी भएको छ । 

गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ३१ लाख ११ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ५० लाख ३४  हजार छुट्याएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा करिब ४ प्रतिशत कम रू. १ करोड ७१ लाख ९३ हजार भएको छ । हाल कम्पनीको चुुक्तापूँजी रू. ६ करोड ६० लाख छ भने जगेडा कोष रकम रू. ५ करोड ३६ लाख ९३ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १०१ दशमलव ४४ प्रतिशत बढी कायम भएको हो ।

कम्पनीले यस वर्ष पहिलो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशत बढी रू. ८५ करोड ४९ लाख ५८ हजार कर्जा सापटी लिएको छ । ९ दशमलव ४० प्रतिशत बढी रू. २१ करोड ३ लाख २८ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६२ प्रतिशत बढी रू. १ अर्ब ७ करोड २४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । 

गत वर्ष यस अवधिसम्म २ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ८८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ मा झरेको छ । गत वर्ष यो रकम रू. २८ दशमलव ९५ थियो ।
 

प्रतिक्रिया दिनुहोस