aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सो बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठक सम्बन्धमा प्रशन गर्दै कारोबार रोक्का गरेको हो । 

नेप्सेले जारी गरेको सूचनामा प्रभु बैंकको शेयर कारोबारमा इन्साइडर ट्रेडिङको आशंका गरिएको छ । बैंकले मंगलबार शेयर कारोबार चलिरहेको समय दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति वैठक बसी लाभांश वितरणको प्रस्ताव गरेको भन्दै नेप्सेले बिहीबार बैंकको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले बैंकलाई कारोबार अवधिमा बैठक बस्नुबारे स्पष्टीकरण दिन निर्देशन दिएको छ । 

कारोबार समयमा बैंकको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि सात दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।


 

प्रतिक्रिया दिनुहोस