aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै तिलोत्तमा नगरपालिका ,रुपन्देही वडा नं.५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । मणिग्राम शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस