
काठमाडौं । वोमी लघुुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक २५ गते दिउसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४१ करोड १९ लाख ४४ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष बोनस शेयरमा लाग्ने कर भने कम्पनीका शेयरधनीहरुले छुट पाउने छन् । यस कम्पनीले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया पुरा गरी आर्थिक वर्ष ०७७÷७८ मै एकिकृत कारोबार सुरु गरेकाले आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुट हुने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस