aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सिटिजन्स बैंकको ३५ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ कार्तिक २०७८
सिटिजन्स बैंकको ३५ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ३५ हजार ६३५ दशमलव ९९ कित्ता संस्थापक शेयर कात्तिक २६ गते शुक्रवारदेखि लिलामीमा आएको छ । बैंकले शेयरधनी क्षितिज भुषालको नाममा रहेको उक्त शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखेर शुक्रवार ३५ दिने सुचना जारी गरेको हो ।

विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरिद गर्र्न चाहेमा तोकिएको मितिभित्र बैंकको केन्द्र्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकिएको छ । विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस