aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पाँच वर्ष पुरानो लाभांश बुझ्न महालक्ष्मी विकास बैंकको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ कार्तिक २०७८
पाँच वर्ष पुरानो लाभांश बुझ्न महालक्ष्मी विकास बैंकको अनुरोध

काठमाडौं । महालक्ष्मी विकास बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । यी कम्पनीहरुको विभिन्न साधारण सभाबाट पारीतपाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेकोले समयमै लिन अनुरोध गरेको हो । पाँच वर्ष पुरा भएका नगद लाभांश लगानीकर्ता संमरक्षण कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेकोले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले सुचना मार्फत अनुरोध गरेको छ ।

कम्पनीले कात्तिक २६ गते आज एक सुचना जारी गरी एक महिना भित्र कम्पनीको रजिष्ट्रार कार्याल्य सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क गर्न भनेको छ । समयमै लाभांश नलिएमा उक्त लाभांश कम्पनी ऐन बमोजिम लगानीकर्ता संमरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस