aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सिटिजन्स बैंकका ग्राहकलाई ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्जमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ कार्तिक २०७८
सिटिजन्स बैंकका ग्राहकलाई ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्जमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा एटिएम र ११२   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस