
काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडको चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १० करोड ९४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा नाफा ७० दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब १ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी भएको युनाईटेडले जगेडाकोषमा ४८ करोड २१ लख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ६ अर्ब ५५ करोड ७५ लाख रुपैयाँ संकलन गरी कर्जामा ६ अर्ब ८ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ ।
युनाईटेड फाइनान्सको खुद व्याज आम्दानी ३७ दशमलव ४४ प्रतिशतले बढेर ३१ करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२२ दशमलव ९५ प्रतिशतले बढेर १३ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । खुद व्याज आम्दानी भन्दा संचालन मुनाफामा अत्याधिक वृद्धि गरेको हुँदा खुद मुनाफा पनि बढेको हो ।
युनाईटेड फाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ६५ प्रतिशत, जोखिम युक्त सम्पत्ति २१ दशमलव ८५ प्रतिशत, प्रतिशेयर आम्दानी १० दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ७२ गुणा, तरलता अनुपात २६ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७ दशमलव ७२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस