काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा ५५ ऋणीले पुनरकर्जाको सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि बनाएपछि चालू आर्थिक वर्षको असोज मसान्तसम्म विभिन्न ५५ वटा उद्योग कम्पनी र संघ संस्थाले ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ बराबरको पुनरकर्जा लिएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकबाट पुनरकर्जा प्रवाह भएको देखिएको छ । यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकबाट होटल रोयल सिङ्गी प्रालिले १० करोड ४२ लाख, याक एण्ड यति होटल लिमिटेडले २० करोड, रावा ईनर्जी डेभलपमेन्ट प्रालिले २० करोड, भद्रकालि इङ्गलिस बोर्डिङ्ग स्कूल जनकपुर प्रालिले ४४ लाख, विकास हाइड्रोपावर कम्पनी प्रालिले २० करोड रहेको छ । त्यस्तै, नेशनल कार्डियाक सेन्टर प्रालिले २० करोड, गेटवे हिमालय रिसोर्ट प्रालिले ७ करोड ४१ लाख र रत्ननगर प्याकेजिङ उद्योग प्रालिले ६ करोड ८२ लाख पुनरकर्जा लिएका छन् ।
प्राइम कमर्सियल बैंकबाट होटल सिटी पार्कले ३ करोड २४ लाख रुपैयाँ पुनरकर्जा लिएको छ भनेस्टाण्डर्ड चार्टर्ड बैंकबाट होटल न्यू ईराले ३ करोड ७६ लाख, होटल रेन फरेष्ट प्रालिले ९ करोड ३३ लाख, नेपाली घर होटल प्रालीले १६ करोड, होटल मुन लाइटले १५ करोड ९१ लाख रएक्सक्लुसिभ फेव्रिक इण्डिष्ट्रिज प्रालिले ५ करोड ४७ लाख रुपैयाँ बराबरको पुनरकर्जा लिएका छन् ।
त्यस्तै, लुम्बिनी विकास बैंकबाट घलेम्दी हाइड्रो लिमिटेडले २० करोड रुपैयाँ पुनरकर्जा लिएको छ भने माछापुच्छ्रे बैंकबाट स्वीफ्ट होलिडेज प्रालिले १२ करोड ६२ लाख रुपैयाँ र सेन्चुरी इनर्जी प्रालिले १४ करोड ७७ लाख रुपैयाँ पुनरकर्जा लिएको छ । यस्तै, यस अवधिमा आइसीएफसी फाइनान्स लिमिटेडबाट पनि पुनरकर्जा लिएको देखिन्छ । यस फाइनान्स कम्पनीबाट एमई ट्राभल एण्ड टुर्स प्रालिले ९० लाख रुपैयाँ पुनरकर्जा लिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्ममा पुनरकर्जा दिने अर्को वित्तीय संस्था हो, कुमारी बैंक । यस बैंकले यस अवधिमा न्यू लिंक कापी इन्डष्ट्रिज प्रालिलाई ८ करोड ४१ लाख रहोटल बराही प्रालिलाई २० करोड रुपैयाँ पुनरकर्जा दिएको छ । यस अवधिमा एनआईसी एसिया बैंकले पनि सितारा ट्राभल्स प्रालिलाई ११ करोड १० लाख, धुलिखेल अरनिको रिसोर्टलाई १२ करोड ६६ लाख रुपैयाँ पुनरकर्जा दिएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको तीन महिनामा सिद्धार्थ बैंकबाट तीन वटा होटलले ऋण लिएका छन् । यस अवधिका सिद्धार्थ बैंकबाट होटल पोखरा भिलेजले ९ करोड ८६ लाख, डाइमोन्ड हिल रिसोर्टले ७ करोड ५० लाख र होटल शारा प्रालिले २० करोड पुनकर्जा लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यता मेगा बैंकले यस अवधिमा बोधी रेडसन होटललाई २० करोड, सेभेन लेक्स रिसोर्टलाई ५ करोड ९४ लाख, होटल सिल्भर लाइन प्रालिलाई ६ करोड ८२ लाख, बिराट चिल्ड्रेन एकेडेमीलाई ९ करोड ७१ लाखर माउण्ट एभेरेष्ट कत्था मिल्स प्रालिलाई २० करोड रुपैयाँ पुनरकर्जा दिएको छ भने ग्लोबल आईएमई बैंकले माउन्टेन बुद्ध होलिडेज प्रालिलाई ७५ लाख रुपैयाँ पुनरकर्जा दिएको देखिन्छ ।
त्यसैगरि,प्रभु बैंकले सुरीखोला हाइड्रोपावर लिमिटेडलाई २० करोड, सिता एरलाई २० करोड र रिभाइज लिजर पार्क प्रालिलाई ७ करोड ४५ लाख रुपैयाँ पुनरकर्जा दिएको छ । यता, बैंक अफ काठमाण्डूले गन्तव्य रिसोर्ट प्रालिलाई ८९ लाख, वाटर फ्रन्ट रिसोर्टलाई ३ करोड ६४ लाख, नेशनल आइसक्रिम इन्डष्ट्रिजलाई ११ करोड ४३ लाख, होटल रोयल सफारीलाई १९ करोड ८३ लाख, युनिक हाइडेल कम्पनीलाई १६ करोड १३ लाख, नेशनल हाइड्रो डेभलपर्श लिमिटेडलाई २० करोड रुपैयाँ पुनरकर्जा दिएको छ ।
पुनरकर्जा दिने अर्को वाणिज्य बैंक हो, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड । जसले चालू आवको तीन महिनामा अभिनाश ह्याचरी प्रालिलाई २० करोड, पार्क सफारी रिसोर्टलाई १६ करोड १६ लाख रुपैयाँ दिएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ब्युटिफुल माइन्ड रिह्याबिलिटेशन सेन्टर प्रालिलाई ४ करोड ४६ लाख, हिडन प्यालेस प्रालीलाई १७ करोड ६२ लाख रफर्मको इन्डष्ट्रिज प्रालिलाई ४ करोड २४ लाख पुनरकर्जा प्रवाह गरेको छ । एनएमबी बैंकले पनि यस्तो कर्जा प्रवाह गर्ने क्रममा सुजल डेरी प्रालीलाई ८ करोड ८ लाख रुपैयाँ प्रवाह गरेको देखिन्छ ।
सानिमा बैंक लिमिटेडले जम्मा दुई वटा कम्पनीलाई यस्ता कर्जा प्रवाह गरेको छ । जसमा युनियन हाइड्रोपावर लिमिटेडलाई ९ करोड ८७ लाख र विन्द्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई २० करोड लगानी गरेको छ । हिमालयन बैंक लिमिटेडले पनि दुई वटा यस्ता कर्जा प्रवाह गरेको छ । जस अन्तर्गत नेपाल लेदर क्राफ्ट प्रालीलाई ६ करोड ५ लाख र यति कार्पेटलाई २० करोड ऋण दिएको नेपाल राष्ट्र बैंकद्धारा जारी तथ्यांकमा उल्लेख छ ।
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामा होटल भादगाउँ एण्ड रिसोर्ट प्रालीलाई १३ करोड ६४ लाख रुपैयाँ पुनरकर्जा दिएको छ भने सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले होटल सरोवर प्रालिलाई २० करोड र मानसारेवर अम्युजमेन्ट पार्क एण्ड रिसोर्टलाई १९ करोड ७७ लाखको कर्जा दिएको छ । यस अवधिमा पुनरकर्जा दिने एउटा मात्र विकास बैंकमा कामना सेवा विकास बैंक रहेको छ । जसले सिर्जनशिल प्रतिभा शिक्षा प्रालिलाई १४ करोड ३५ लाख र होटल स्टनब्ल्यु प्रालिलाई ६ करोड ७० लाख रुपैयाँ पुनरकर्जा दिएको छ ।
प्रतिक्रिया दिनुहोस