aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

निफ्राको वितरणयोग्य मुनाफा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
निफ्राको वितरणयोग्य मुनाफा वृद्धि

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. १९ करोड ६ लाख ७७ हजार रहेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म रू. १४ करोड ५ हजार थियो । गत वर्षभन्दा यस वर्ष वितरणयोग्य नाफा ३६ दशमलव १९ प्रतिशत बृद्धि भएको हो । 

यस वर्ष कम्पनीले रू. २४ करोड २० लाख २७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू. १८ करोड १ लाख २२ हजार थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा ३४ दशमलव ३७ प्रतिशत बृद्धि भएको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ३४ दशमलव २० प्रतिशत बढी रू. ३४ करोड ५७ लाख ४३ हजार भएको छ । २०७७ साल माघ १८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीको चुक्तापूँजी हाल रू. २० अर्ब रहेको छ । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी कित्ता शेयर यसै कम्पनीको सूचीकृत रहेको छ । 

कम्पनीको जगेडा कोष रकम रू. २ अर्ब ६४ करोड ३७ लाख ८५ हजार छ । गत वर्ष यो रकम रू. १ अर्ब ८१ करोड ४७ लाख ६ हजार थियो । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४५ दशमलव ६९ प्रतिशत बढी कायम भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८४ छ भने प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव २२ छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा ४५ दशमलव ६९ प्रतिशत बढी रू. २९ करोड ८१ लाख ६३ हजार निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब ९२ करोड ५० लाख ७९ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड ८ लाख ५० हजार मात्र कर्जा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस