काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचन, बैंकका पुर्व सञ्चालक तथा लुम्विनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ, बैंकका पुर्व संचालकहरु तथा सस्थापक सेयरधनिहरु, बैंकका क्षेत्रिय प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थितीमा शभकामना आदान प्रदान गरि १५ औँ वार्षिक उत्सव मनाईएको हो ।
उक्त अवसरमा बैंकले बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरु बाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदना, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न बर्गका विद्यार्थिलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरुलाई फलफुल वितरण, अनाथ आश्रममा आश्रितलाइ स्वास्थ सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस