aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबिच रेमिट्यान्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबिच रेमिट्यान्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । 

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रालि मार्फत पठाएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धितहरुले भुक्तानी पाउन सक्नेछन् ।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस