काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न धार्मिक स्थललाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितीलाई दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई एक लाख आर्थिक सहयोग गरेको हो ।
त्यस्तै, बैंकले नवलपरासीको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण पनि गरेको छ । उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लैजाने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस