aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लुम्बिनी विकास बैंकले लाभांश संशोधन, बोनस दर बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
लुम्बिनी विकास बैंकले लाभांश संशोधन, बोनस दर बढ्यो

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस अघि प्रस्तावित लाभांश संशोधन गरेको जानकारी दिएको हो । यस अघि बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त लाभांश संशोधन गर्दै अब बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । संशोधित यो लाभांश पनि नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस