aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फर्स्ट माइक्रोफाइनान्सले फस्टमा निकाल्यो चौथौ त्रैमासको विवरण हेरौं, कस्तो गर्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
फर्स्ट माइक्रोफाइनान्सले फस्टमा निकाल्यो चौथौ त्रैमासको विवरण हेरौं, कस्तो गर्यो ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १३ करोड ३२ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ३१ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १० करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

६८ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको फर्स्ट माइक्रोफाइनान्सले जगेडाकोषमा २३ करोड १४ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको खुद व्याज आम्दानी २८ दशमलव ४८ प्रतिशतले बढेर २१ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ७० प्रतिशतले बढेर २१ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । 

फर्स्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य रहेको छ भने जोखिम युक्त सम्पत्ति १६ दशमलव ९६ प्रतिशत, प्रतिशेयर आम्दानी १९ दशमलव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव २७ गुणा, तरलता अनुपात १० दशमलव ५३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३ दशमलव ८१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस