aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

एनएमबी बैंकको एआईमा आधारित भिडीयो केवाईसी–नेपाली बैंकिङ जगतमै पहिलो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
एनएमबी बैंकको एआईमा आधारित भिडीयो केवाईसी–नेपाली बैंकिङ जगतमै पहिलो

काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रहि खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । 

ग्राहकरुले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरु पूरा अपडेट गर्न सकिन्छ । भिकेवाईसीको लागि डिजीटल लिंक https://vcc.nmb.com.np मा जान सकिने बैंकले जनाएको छ ।  

साथै बैंकले ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाहलाई नियुक्त समेत गरेके छ । बैंकले एक प्रेस वक्तव्य जारी गर्दै शाहसँग द्धिपक्षिय समझदारी भएको समेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस