
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Ganapati Microfinance Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा भने ६४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
७ करोड रुपैयाँ चुक्ता पुँजी भएको गणपति माइक्रोफाइनान्सको जगेडाकोषमा ९० लाख रुपैयाँ छुटाएको छ ।
गणपति माइक्रोफाइनान्सले निक्षेपमा २० करोड ८० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ७७ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ७३ दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।
जसले खुद व्याज आम्दानीमा १७३ दशमलव ३३ प्रतिशतले बढेर ४ करोड १९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । जसले गर्दा मुनाफा बढाएको हो ।
गणपति माइक्रोफाइनान्सको जोखिम युक्त सम्पत्ति १० दशमलव ६६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ९७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस