aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल बैंकले पायो आईएसओ सर्टिफिकेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
सिभिल बैंकले पायो आईएसओ सर्टिफिकेट

काठमाडौं । सिभिल बैंक लिमिटेड आईएसओबाट प्रमाणित भएको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढेको बैंकले आईएसओ सटिफिकेसनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ २०१५ को प्रमाणपत्र प्राप्त गरेको हो ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गलाई आईएसओ प्रमाणपत्र प्रदान गरे  ।

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले प्रदान गर्दै आएको सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तराष्ट्रियस्तरको सेवा तथा सुविधा प्रदान गर्दा र नियमनकारी निकायद्धारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गर्दा पाइने प्रमाणपत्र हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आईएसओ प्रमाणिकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु र ग्राहककै चाहाना अनुरुपमा आधुनिक डिजिटल बैंकिङका प्रडक्टहरु ल्याउने बताए ।

बैंकका अध्यक्ष ईच्छाराज तामाङ्गले बैंकका सेवा तथा सुविधाहरु ग्राहकमा केन्द्रित रहेको र नियमनकारी निकायहरुको सबै नियम मानि अघि बढिरहेको संस्था प्रमाणित भएको बताउनुभयो । आगामी दिनमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

बैंकका अध्यक्ष तामाङले बैंक तीब्र रुपमा मर्जरको छलफल अघि बढेको जानकारी दिंदै उन मर्जरकै कारण सेयर बजारमा चलखेल हुने भएकाले मर्जरका लागि छलफल गरिरहेका बैंकहरुको नाम भने भन्न नसक्ने बताए ।

अहिले सञ्चालनमा रहेका थुप्रै वाणिज्य बैंकसँग छलफल भइरहेको जानकारी दिंदै अध्यक्ष तामाङले वर्किङ कल्चर मिल्ने खालका बैंक खोजिरहेको बताए । हाल बैंकको कुल शाखा संख्या ९६ वटा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस