aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

प्रदेश कार्यालयलाई वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
प्रदेश कार्यालयलाई वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश कार्यालयलाई बैंक तथा वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय सुपरिक्षण विभागका अनुसार स्थानीय निकायमा वित्तीय संस्थाहरुको संख्या वृद्धि भएकाले प्रदेश कार्यालयलाई नै उक्त क्षेत्रका वित्तीय संस्था अनुगमनको जिम्मा लगाउने तयारी भएको जनाएको छ । 

राष्ट्र बैंकको प्रदेश कार्यालयहरु अनुगमनका लागि सक्षम हुँदै गएकाले र वित्तीय संस्थाहरुको शाखाहरु स्थानीय निकायमा धेरै भइरहेकाले प्रदेश शाखाले अनुमगन गराउनका लागि कार्यविधि बनिरहेको राष्ट्र बैंक स्रोत बताएको छ । राष्ट्र बैंक स्रोतले भन्यो, 'अब वित्तीय संस्थाहरुको संख्या र आकार ठूलो भएकाले अब केन्द्रले मात्र अनुगमन गर्न नसक्ने भएको छ । त्यसैले राष्ट्र बैंकको प्रदेश कार्यालयहरुले नै अनुगमन गर्ने गरि कार्यविधि बनाउनक राष्ट्र बैंक लागेको छ ।' 

यसभन्दा पहिला राष्ट्र बैंकले चार्टर्ड एकाउन्टेन्ट फर्महरुलाई वाणिज्य बैंकहरुका ठूला शाखालाई अडिटको जिम्मा लगाउने कार्यविधि बनाउने तयारी गरेको थियो । तर, वाणिज्य बैंकहरुले बैंकहरुको खर्च धेरै हुने भएकाले विरोधपछि उक्त योजना फिर्ता भएको थियो। 

देशभरी एक सय ३२ वटा वित्तीय संस्थाहरुका देशैभरी १० हजार ८८२ वटा शाखा विस्तार भइसकेका छन् । जसमा  २७ वटा वाणिज्य बैंक ४७७५ वटा शाखा सञ्जाल पुगिसकेको छ ।त्यस्तै,  २० वटा विकास बैंक १०२९ वटा शाखा सञ्चाल देशै भरी भइसकेका छन् । वित्त कम्पनी २२ वटाका २३७ शाखा, लघुवित्त वित्तीय संस्था ८५ वटाका ४८४१ शाखा र एक पूर्वाधार विकास बैंक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस