
काठमाडौं । सोमवार दुई लघुवित्त कम्पनीहरु आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ३० गते बुक क्लोज गर्नेभएसँगै कात्तिक २९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक कलोजको आधारमा कात्तिक २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीहरुको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७ दशमलव ३७ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा आयोजना गरेको हो ।
त्यसैगरी आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ । सभा बिहानको ९ बजे एशियन होटल कालिकानगर,बुटवल रुपन्देहीमा बोलाएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस