काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ हजार ८५० कित्ता संस्थापक शेयर कात्तिक २९ गते सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. ५५० मूल्य तोकेर उक्त शेयर मंसिर १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
यो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले तोकिएको अवधिभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त आवेदन मंसिर १४ गते विहान विक्री प्रबन्धकको कार्यालय टेकु, काठमाडौंमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस