काठमाडौं । एनएमबी बैंकले विदेशबाट रकम ल्याउने भएको छ । विदेशी दुई वटा बैंकबाट पैसा ल्याउन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । आइतबार डिजिटल खातामा कल खाता सार्वजनिक कार्यक्रममा उनले हालको तरलता अभाव कम गर्नका लागि विदेशबाट रकम ल्याउन सकिने बताएका हुन । एनएमबि बैंकले विदेशी एक बैंकसँग सम्झौता नै गरिसकेको र अर्कासँग सम्झौंता गर्न बाँकी रहेको छ ।
आइतबार विदेशमा भएकाहरूको खाता सहजै नेपालमा खोलेर रकम सङ्कलन गर्न सक्यौ भने केही न केही रूपमा अहिले देखिएको तरलता अभाव समाधान गर्न सकिने सिइओ केसीले बताए । डिजिटल खाताको महत्त्व प्रस्टाउँदै केसीले भने ,’यो एउटा एनएमबी बैंकको डिजिटल प्रडक्टभन्दा पनि यो एउटा अभियान मात्र हो। आज हामीले सुरुवात गरेका छौँ। अबको एक महिनामा अरू बैंकहरूले पनि यस्तै प्रडक्ट लिएर आउछन्। हामी चाहन्छौँ २७ ओटै बैङ्कहरूले यस्तो अभियान चलाउन्। ’
अहिले विदेशबाट रकम भित्रिने प्रक्रिया अपुरो रहेको दाबी गर्दै केसीले भने, ‘ नेपाल पैसा पठाउँदा सुरक्षा नदेख्ने अनि पारिवारिकका सदस्य मार्फत पठाउँदा पैसा नपाउने भन्ने डर उनीहरुमा छ । त्यस्तै क्रिप्टृओकरेंसी लगायत अन्य अवैधानिक कारोबारमा भएको भन्ने पनि सुनिन्छ।’ यो बाहेक अन्य बाटो हुँदै आएको रकम नेपाल भित्रने हो कि होइन भन्ने समस्या छ।’
प्रतिक्रिया दिनुहोस