aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

माछापुच्छ्रे बैंकको ‘स्मार्ट बचत खाता’मा १४ लाखको बिमा सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
माछापुच्छ्रे बैंकको ‘स्मार्ट बचत खाता’मा १४ लाखको बिमा सुविधा

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को सुरुवात संगै माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे स्मार्ट बचत’ खातामा १४ लाख १० हजार बराबरको बिमा सुविधा थप गरेको छ । 

बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बिमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाख सम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउनेछ । 

माछापुच्छ्रे बैंकले १ बर्ष अगाडी बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरि उक्त बचत खातामा विषेशताहरु थप गरेको हो ।

५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने यो स्मार्ट बचत खाताको बिमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बिमा रकम प्राप्त गरिसकेका छ्न । जसअन्र्तगत बैंकले हालसम्म ११५ जना भन्दा बढि ग्राहकलाई बिमा रकम प्रदान गरिसकेको छ । 

बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट÷क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस